पाल्पा, ६ भदौ । जिल्ला प्रहरी कार्यालय पाल्पाले १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ। घटनाबारे भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा पीडित बालिकाको किटानी जाहेरी दर्ता भएपछि प्रहरी परिचालन भएको थियो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उक्त घटना गत साउन १५ गते दिउँसोको समयमा भएको हो। आरोपी किशोरले बालिकालाई आफ्नो घरमा लिची खान बोलाएका थिए र त्यही क्रममा जबरजस्ती करणी भएको प्रहरीको भनाइ छ।
जाहेरीपछि प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले आरोपी किशोरलाई नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका किशोरलाई जिल्ला अदालत पाल्पाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले यस विषयमा जानकारी दिए।







