६ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय कार्यसंयोजन समिति सदस्य गोपाल किराँतीद्वारा लिखित ‘समाजवादी लोकतन्त्रको दार्शनिक आधार’ नामक पुस्तक सार्वजनिक गरेका छन्।
उक्त पुस्तकभित्र समाजवादी लोकतन्त्रको दार्शनिक आधारको विश्लेषण गर्नुका साथै समकालीन राजनीतिक बहसमा उठिरहेका विविध पक्षलाई समेटिएको छ।







