मुख्य सामग्रीमा जानुहोस्

सिरहाको औरहीमा काँचो मासु र मोटरसाइकलसहित दुई युवक पक्राउ

सिरहाको औरही गाउँपालिकामा करिब चार किलो काँचो मासु र मोटरसाइकलसहित दुई युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद मासु कुन जनावरको हो भन्ने परीक्षणपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
सिरहाको औरहीमा काँचो मासु र मोटरसाइकलसहित दुई युवक पक्राउ
Online Khabar

सिरहाको औरही गाउँपालिकाबाट करिब चार किलो काँचो मासु र एउटा मोटरसाइकलसहित दुई युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद मासु कुन जनावरको हो भन्ने अहिलेसम्म यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ करिब ५:५० बजे औरही गाउँपालिका–५ स्थित गागन खोलामा मनोजकुमार चौधरीको कमान्डमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा औरही गाउँपालिका–५ मुस्लिम टोलका मोहतर खान र सोही ठाउँका मो. अकरोज खान रहेका छन् ।

सशस्त्र प्रहरीका एसपी सुमनजंग थापाका अनुसार शंका लागेपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको हो । बरामद मासु भारतबाट लुकाइछिपाई नेपालतर्फ ल्याइएको हुनसक्ने प्रारम्भिक आशंका प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले मासु कुन जनावरको हो भन्ने यकिन गर्न परीक्षणका लागि पठाउने तयारी भइरहेको बताएका छन् । क्वारेन्टाइनबाट परीक्षण रिपोर्ट आएपछि मात्रै घटनामा मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय गर्न सकिने उनको भनाइ छ ।