मुख्य सामग्रीमा जानुहोस्

क्रिभी रिहको सपिङ सेन्टरमा रूसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

रूसको ड्रोन आक्रमणबाट युक्रेनको क्रिभी रिह सहरमा १५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार १३० जना घाइते छन्, जसमा २३ जना बालबालिका समावेश छन्। राष्ट्रपति जेलेन्स्कीले यो आक्रमण दुई चरणमा भएको बताएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
क्रिभी रिहको सपिङ सेन्टरमा रूसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
Online Khabar

६ भदौ, काठमाडौं । युक्रेनको क्रिभी रिह सहरमा भएको रूसी ड्रोन हमलामा १५ युक्रेनी नागरिकको ज्यान गएको छ। क्रिभी रिहस्थित एउटा सपिङ सेन्टर नै आक्रमणको निशानामा परेको थियो।

स्थानीय अधिकारीका अनुसार हमलामा परी १३० जना घाइते भएका छन्। घाइते हुनेमा २३ जना बालबालिका रहेका छन्। कतिपय व्यक्ति भवनको भग्नावशेषमुनि पुरिएको हुनसक्ने आशंका पनि गरिएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्नो गृहनगर क्रिभी रिहमाथि भएको यो आक्रमण दिउँसो दुई चरणमा गरिएको बताएका छन्। पहिलो आक्रमणमा परेकाहरूको उद्दारमा खटिएका कर्मीलाई लक्षित गर्दै दोस्रो ड्रोन हमला भएको उनको दाबी छ। जेलेन्स्कीले उक्त हमलालाई अत्यन्तै निन्दनीय र घृणायुक्त कदमको रूपमा समेत वर्णन गरेका छन्।