मुख्य सामग्रीमा जानुहोस्

गृहमन्त्रीसँग वार्ता गर्न गरिमाका आमा–बुवा काठमाडौं लगिए

गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्तासहितको टोलीले काठमाडौं पुर्याएको छ। राजधानी प्रस्थान गर्नुअघि बुवा मनोज चौधरीले छोरीको न्यायका लागि आन्दोलन जारी राखिदिन स्थानीयबासीलाई आग्रह गरेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
गृहमन्त्रीसँग वार्ता गर्न गरिमाका आमा–बुवा काठमाडौं लगिए
Online Khabar

बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीका आमा–बुवालाई गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न शनिबार काठमाडौं लगिएको छ। उनीहरूलाई सिमरा विमानस्थल हुँदै स्थानीय अभियन्तासहित राजधानी पठाइएको हो।

गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई आन्दोलन भइरहेको स्थानबाट इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले प्रहरीकै गाडीमा राखेर विमानस्थल पुर्याएका थिए। उनले उनीहरूको बोर्डिङ पाससमेत गराइदिएका छन्।

मनोज र मानमती चौधरीसँगै स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्की लगायत सात जनाको टोली वार्ताका लागि काठमाडौं गएको छ।

राजधानी प्रस्थान गर्नुअघि मनोज चौधरीले छोरीको न्यायका लागि स्थानीयवासीले उठाएको आन्दोलनलाई निरन्तरता दिन आग्रह गरे। आन्दोलन नछाड्न उनले अनुरोध गरेका हुन्।

यसैबीच, प्रहरी र केही अभियन्ताले वार्ताका लागि काठमाडौं लैजाने योजना गोप्य रूपमा बनाएको भन्दै सिमरा विमानस्थल अगाडि स्थानीयबासीले प्रहरीविरुद्ध नाराबाजी गरेका छन्।