मुख्य सामग्रीमा जानुहोस्

नेपाल सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच १४ बुँदे सहमति, आन्दोलन शनिबारबाटै अन्त्य

नेपाल सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति भएको छ। सहमतिपत्रमा सरकारतर्फ लिलाधर सुवेदी र प्रसाईँ समूहतर्फ विष्णु बोहरा क्षेत्रीले हस्ताक्षर गरेका छन्। सहमतिसँगै महाअभियानका धर्ना तथा आन्दोलनका…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
नेपाल सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच १४ बुँदे सहमति, आन्दोलन शनिबारबाटै अन्त्य
Online Khabar

काठमाडौं, ६ भदौ । नेपाल सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति भएको छ। शनिबार सम्पन्न वार्तामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महाअभियानबीच उक्त सहमति जुटेको हो।

सहमतिपत्रमा सरकारतर्फबाट प्रधानमन्त्री कार्यालयका सहसचिव लिलाधर सुवेदी र प्रसाईँ समूहतर्फबाट विष्णु बोहरा क्षेत्रीले हस्ताक्षर गरेका छन्।

सहमति भएसँगै महाअभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारबाटै अन्त्य गर्ने निर्णय भएको छ। ललितपुरको पुल्चोकमा धर्नामा बसेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच गहन छलफलपछि सम्झौतापत्रमा हस्ताक्षर भएको दुवै पक्षले जनाएका छन्।