मुख्य सामग्रीमा जानुहोस्

सिरि र भिजन प्रो टिमबाट दुई सयभन्दा बढी कर्मचारी हटाउँदै एप्पल

एप्पलले सिरि र भिजन प्रोसँग सम्बन्धित टोलीहरूबाट दुई सयभन्दा बढी कर्मचारी हटाएको छ। कम्पनीले नयाँ एआई प्रयास र यन्त्रहरूमा केन्द्रित हुन यो संरचनात्मक परिवर्तन गरेको जनाएको छ। साथै, म्याक र आइप्याडको मूल्य वृद्धि गर्दै…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
सिरि र भिजन प्रो टिमबाट दुई सयभन्दा बढी कर्मचारी हटाउँदै एप्पल
Online Khabar

एप्पलले आफ्नो स्वर सहायक ‘सिरि’ र भर्चुअल रियालिटी हेडसेट भिजन प्रोसँग जोडिएका टोलीहरूबाट ठूलो संख्यामा कर्मचारी हटाएको छ। ब्लुमबर्गको प्रतिवेदनअनुसार कम्पनीले सिरि र इन्टेलिजेन्ट सिस्टम्स एक्सपिरियन्स टिमका साथै भिजन प्रो टिमबाट दुई सयभन्दा बढी कर्मचारीलाई पदमुक्त गरेको हो।

यो कदमलाई एप्पलले संरचनात्मक परिवर्तनका रूपमा व्याख्या गरेको छ। कम्पनीका अनुसार नयाँ एआई प्रयास र नयाँ यन्त्रहरूमा केन्द्रित हुन यो परिवर्तन गरिएको हो।

पछिल्लो समय एप्पल आर्टिफिसियल इन्टेलिजेन्सको विकास र उत्पादन लागत बढेका कारण चुनौतीपूर्ण अवस्थामा रहेको टेकक्रन्चले उल्लेख गरेको छ। कम्पनीले म्याक र आइप्याडको मूल्य पनि बढाइसकेको छ। साथै, उत्पादनहरूको बिक्रीलाई सहज बनाउन नयाँ भाडामा दिने योजना पनि सार्वजनिक गरेको छ।