मुख्य सामग्रीमा जानुहोस्

मुक्तिनाथ मन्दिरमा प्रधानमन्त्री बालेनको दर्शन र पूजाअर्चना

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार साँझ स्थलमार्ग हुँदै मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेर दर्शन गरेका छन् । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार उनले साँझ ७:३० बजे मन्दिर प्रवेश गरी ८ बजेसम्म…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
मुक्तिनाथ मन्दिरमा प्रधानमन्त्री बालेनको दर्शन र पूजाअर्चना
Online Khabar

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन् । ६ भदौ शनिबार साँझ स्थलमार्ग हुँदै उनी मुक्तिनाथ पुगेका थिए ।

प्रधानमन्त्री शाह मुस्ताङ भ्रमणका लागि शुक्रबार काठमाडौंबाट स्थलमार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका थिए । सो क्रममा उनी मुक्तिनाथ दर्शन गर्ने वा नगर्ने भन्नेबारे खुलाइएको थिएन ।

उनले शुक्रबार राति कास्की पुगेर अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए । शनिबार बिहानै सडकमार्ग हुँदै मुस्ताङतर्फ लागेका उनी दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै जोमसोम पुगेका थिए ।

जोमसोममा उनी घरपझोङ–३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बसेका थिए । केहीबेर आरामपछि उनी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार उनी दर्शनपछि साँझ जोमसोम फर्किसकेका छन् ।

राससका अनुसार मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले प्रधानमन्त्री बालेन साँझ ७:३० बजे मुक्तिनाथ मन्दिर प्रवेश गरेको बताएका थिए । उनले ८ बजेसम्म पूजाअर्चना गरेर फर्किएको जानकारी समेत दिएका थिए ।

यद्यपि, प्रधानमन्त्रीको दर्शन तथा पूजापाठका तस्बिरहरू भने अहिलेसम्म सार्वजनिक भएका छैनन् ।