मुख्य सामग्रीमा जानुहोस्

कैलालीको चिफ्ले झरनाबाट खसेका युवक अझै बेपत्ता

कैलालीको चिफ्ले झरनाबाट खसेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा डडेलधुराका २१ वर्षीय खगीराज पन्त रहेको प्रहरीले जनाएको छ। उनी साथीहरूसँगै घुम्न गएका बेला झरनाबाट खसेका थिए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

७पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
कैलालीको चिफ्ले झरनाबाट खसेका युवक अझै बेपत्ता
Online Khabar

६ भदौ, धनगढी । कैलालीस्थित चिफ्ले झरनाबाट खसेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा डडेलधुराका २१ वर्षीय खगीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार पन्त शनिबार दिउँसो करिब ४ बजे चुरे गाउँपालिका–५ सुरुगडास्थित चिफ्ले झरनाबाट खसेका थिए। त्यसयता उनी सम्पर्कविहीन छन्।

पन्त आफ्ना साथीहरूसँगै घुम्नका लागि झरना क्षेत्रमा पुगेको बुझिएको प्रहरीले जनाएको छ। उनको खोजीका लागि प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।