काठमाडौं, भदौ ६ । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा भइरहेको छलफलमा कानुनमन्त्री सोविता गौतम पनि सहभागी भएकी छन् ।
गृहमन्त्री सुधन गुरुङसहित गृहमन्त्रालयको टोलीले गरिमाकी आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग यसअघिदेखि नै संवाद गरिरहेको छ । सोही क्रममा कानुनमन्त्री गौतम पनि वार्तामा जोडिएकी हुन् । कृषिमन्त्री गीता चौधरी पनि यसै छलफलका लागि गृहमन्त्रालयमा उपस्थित छन् ।
आजै दिउँसो सिमरा विमानस्थलबाट मनोज चौधरी र मानमती चौधरी काठमाडौं आएका थिए । उनीहरूसँगै केही स्थानीय अभियन्ता पनि काठमाडौं आएका छन् ।







