मुख्य सामग्रीमा जानुहोस्

राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिकै गम्भीर संकट : प्रचण्ड

प्रचण्डले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताउँदै सोको सामना गर्न कम्युनिस्ट आन्दोलनको एकता मुख्य साँचो भएको बताएका छन्। आइतबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा उनले दलहरूलाई…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिकै गम्भीर संकट : प्रचण्ड
Online Khabar

७ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाल अहिले सुगौली सन्धिपछिको सबैभन्दा गम्भीर राष्ट्रिय स्वाधीनताको संकटबाट गुज्रिरहेको बताएका छन्।

कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, देशको स्वाधीनता र स्वाभिमानका लागि सुगौली सन्धियता अहिलेकै जस्तो गम्भीर चुनौती कहिल्यै आएको थिएन। यो संकटबाट मुक्त हुन कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्य अनिवार्य रहेको उनले स्पष्ट पारे।

मुलुकको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका सवाल र वैदेशिक हस्तक्षेपविरुद्धको लडाइँलाई उचित प्राथमिकता दिन नसक्दा आजको असाधारण परिस्थिति सिर्जना भएको उनको स्वीकारोक्ति छ। देश वास्तवमै संकटमा रहेको र जनताको विकास तथा समृद्धिका चाहना पूरा गर्न कम्युनिस्ट आन्दोलनको एकतालाई उनले मुख्य आधार मानेका छन्।

प्रचण्डले विगतका कमीकमजोरीबारे एकअर्कामाथि दोष थोपर्नुको सट्टा सबै दलले मिलेर गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए। राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको कम्युनिस्ट आन्दोलनसँग ‘नङ र मासु’ जस्तो घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उनले साझा निकासका लागि सोच्न र मनन गर्न उपस्थित प्रतिनिधिहरूलाई आग्रह गरे।