मुख्य सामग्रीमा जानुहोस्

सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, शंकास्पद गतिविधिका आधारमा दोस्रो श्रीमती नियन्त्रणमा

सप्तरीको शम्भुनाथ नगरपालिका-३ मा आइतबार तीन वर्षीया बालिकाको शव फेला परेको छ। बिहान करिब ९ बजेसम्म घरमै देखिएकी बालिका पछि घरपछाडिको झाडीमा मृत भेटिएकी हुन्। प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, शंकास्पद गतिविधिका आधारमा दोस्रो श्रीमती नियन्त्रणमा
Online Khabar

७ भदौ, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका-३ ट्राफिक चोकमा आइतबार एक तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

स्थानीय मोहम्मद इरफान र रुविना खातुनकी छोरी सानिया खातुन घरपछाडि मृत भेटिएको परिवारले जनाएको छ। उनी आमाबाबुकी एक्ली सन्तान रहेको बताइएको छ।

परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म सानिया घरमै देखिएकी थिइन्। त्यसपछि अचानक उनी बेपत्ता भएपछि खोजी सुरु गरिएको थियो। खोजीका क्रममा घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा उनको शव भेटिएको हो।

यसैबीच, मोहम्मद इरफानले करिब एक वर्षअघि लहानकी २२ वर्षीया मुस्कान खातुनलाई दोस्रो श्रीमतीका रूपमा घर भित्र्याएका थिए। त्यसयता घरपरिवारमा विवाद चलिरहेको बताइएको छ। मुस्कानको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी सप्तरीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी हेमराज घिमिरेले बताएका छन्।