मुख्य सामग्रीमा जानुहोस्

सिकागोमा बञ्जाडेको मतदातासँग अन्तरक्रिया कार्यक्रम हुँदै

सिकागो (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२३/२५ कार्यकालका डा. अर्जुन बञ्जाडेले उम्मेदवारी घोषणा घोषणा सगै भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् l यसअघि, एनआरएन अमेरिकाको बरिष्ठ उपाध्यक्ष समेत…

Tej Poudel

· अद्यावधिक: · १ मिनेटको पढाइ

सिकागोमा बञ्जाडेको मतदातासँग अन्तरक्रिया कार्यक्रम हुँदै

सिकागो (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२३/२५ कार्यकालका डा. अर्जुन बञ्जाडेले उम्मेदवारी घोषणा घोषणा सगै भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् l

यसअघि, एनआरएन अमेरिकाको बरिष्ठ उपाध्यक्ष समेत भइसकेका डा बन्जाडेले आफ्नो टिम सहित आउदो आईतबार १७ जुन २०२३ मा अमेरिकाको सिकागोमा अवस्थित हिमालयन रेस्टुरेन्टमा अन्तरक्रिया कार्यक्रम गर्न लागेका हुन् l बञ्जाडेले टिम सहित आइतबार टेक्ससको अर्भिङ्गमा विशेष कार्यक्रमबीच आफ्नो उम्मेदवारी सार्वजनिक गरेका थिए ।

अघिल्लो पटकको चुनावमा पनि अध्यक्षको प्रत्यासी रहेका बञ्जाडेले यसपटक संस्थाको ब्राण्ड इमेज सुधार गर्ने र सबैका लागि एनआरएन बनाउने योजना प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गरेका छन् l साथै डा. बन्जाडेले अमेरिकाले चुनाबको नाममा हुँदै आएको सिन्डिकेट यसपटक भत्किने पनि बनाएका छन् ।

Address: 8265 W Golf Road, Niles, IL, 60714