मुख्य सामग्रीमा जानुहोस्

बाढीपहिरोबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

बाढीपहिरोपछिको खोज, उद्धार तथा राहत कार्यमा सांसदहरूसमेत खटिनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले बुधबार विशेष सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म बैठक…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
बाढीपहिरोबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित
Nagariknetwork

काठमाडौं । बाढीपहिरोले पारेको प्रभावलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि रोकिएको छ। संघीय संसद् सचिवालयले बुधबार जारी गरेको विशेष सूचनामा अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित रहने उल्लेख छ। विपद्पछिको उद्धार तथा राहत कार्यमा सांसदहरूसमेत प्रत्यक्ष सहभागी हुनुपर्ने देखिएकाले यस्तो निर्णय गरिएको बताइएको छ।

यसअघि सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठक भदौ ११ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका थिए। तर लगत्तै संघीय संसद् सचिवालयले विशेष सूचना जारी गर्दै देशको विपद्पूर्ण परिस्थितिका कारण बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएको छ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा बाढीपहिरोबाट उत्पन्न संकटग्रस्त अवस्थामा सरकारका साथै माननीय सांसदहरू पनि राहत तथा उद्धार कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको उल्लेख छ। सचिवालयले नयाँ सूचना प्रकाशित गरेपछि मात्रै सदनको बैठक बस्नेछ।