मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढी : १२ विद्युत् गृहमा क्षति, ४३१.१ मेगावाट आपूर्ति अवरुद्ध

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीले १२ विद्युत् गृहमा क्षति पुर्‍याएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार तीमध्ये ११ जलविद्युत् गृह र एक सोलार विद्युत् गृह प्रभावित भएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
भोटेकोशी बाढी : १२ विद्युत् गृहमा क्षति, ४३१.१ मेगावाट आपूर्ति अवरुद्ध
Nagariknetwork

नेपाल विद्युत् प्राधिकरणले बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण १२ वटा विद्युत् गृहमा क्षति पुगेको जनाएको छ। प्राधिकरणका अनुसार क्षतिग्रस्तमध्ये ११ जलविद्युत् गृह र एक सोलार विद्युत् गृह रहेका छन्। यी आयोजनाका कारण कुल ४३१ दशमलव १ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ।

बाढीबाट क्षति पुगेका विद्युत् आयोजनाहरूको विवरण यस्तो छ: १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, ७८ मेगावाटको सलासुङ्गी (सान्जेन), १४ दशमलव ८ मेगावाटको अपर साञ्जेन, ४२ दशमलव ५ मेगावाटको सान्जेन र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना।

यस्तै, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिशूली–३ ‘ए’, १४ दशमलव ८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्‍याएको प्राधिकरणले बताएको छ। साथै, २५ मेगावाट क्षमताको सोलार विद्युत् प्रणालीमा पनि क्षति पुगेको छ।