मुख्य सामग्रीमा जानुहोस्

सर्लाही भूमिगत सिँचाइ कार्यालय प्रमुखसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत सिँचाइ डिभिजन कार्यालयका प्रमुखसहित दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सात लाख ५० हजार रुपैयाँ घुस लिएको प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र पेस गरिएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
सर्लाही भूमिगत सिँचाइ कार्यालय प्रमुखसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Nagariknetwork

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले बुधबार काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र पेस गरेको हो।

मुद्दा दायर हुनेमा सो कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैठौँ तुलाकान्त चौधरी छन्। केही समयअघि बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि उनीहरूले अवैध रूपमा रु सात लाख ५० हजार घुस लिइरहेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले दुवै जनाले सो रकम घुसका रूपमा लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहर गरिएको बताए। सोही प्रकरणमा बिगो सात लाख ५० हजार कायम गर्दै आयोगले ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको माग दाबी गरेको छ।