मुख्य सामग्रीमा जानुहोस्

बाढी प्रभावित क्षेत्रको स्याटेलाइट तस्बिर : उद्गमस्थलदेखि कोल्पुटारसम्म पहिले–अहिले

बाढीको उद्गमस्थलदेखि नुवाकोटको कोल्पुटारसम्मको विगत र वर्तमान अवस्था १० स्याटेलाइट तस्बिरमा प्रस्तुत गरिएको छ। ती तस्बिरले बाढीअघिको र पछिको परिदृश्यको तुलना गरेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढी प्रभावित क्षेत्रको स्याटेलाइट तस्बिर : उद्गमस्थलदेखि कोल्पुटारसम्म पहिले–अहिले
Online Khabar

गत बुधबार बिहान करिब ९ बजे चीनको तिब्बततर्फ अचानक आएको बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो भागसम्मका क्षेत्रमा व्यापक क्षति पुर्‍याएको थियो। बाढीका कारण दर्जनौं बस्ती, सडक, पुल, भन्सारका संरचना र १३ देखि १५ जलविद्युत आयोजना प्रभावित भएका छन्।

विज्ञहरूका अनुसार चीनबाट बग्ने ल्हेन्दे खोलानजिकै नेपालतर्फको हिमचट्टान फुटेपछि बाढी आएको हो। चीनले पनि शुक्रबार आफ्नो रिपोर्टमा नेपालतर्फकै हिमनदी फुट्दा बाढी आएको उल्लेख गरेको छ।

बाढीको उद्गमस्थलदेखि नुवाकोटको कोल्पुटारसम्मको विगत र वर्तमान अवस्था १० स्याटेलाइट तस्बिरमार्फत् तुलना गर्न सकिन्छ। ती तस्बिरले बाढीअघि र बाढीपछिको परिदृश्यमा आएको भिन्नता देखाउँछन्।