मुख्य सामग्रीमा जानुहोस्

रसुवा बाढीका मृतक सङ्ख्या ६२६, दुई हजार ३०१ जनाको उद्धार

रसुवा बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुगेको छ। नेपाल प्रहरीका अनुसार दुई हजार ३०१ जनाको उद्धार भइसकेको छ। काठमाडौं उपत्यकाका अस्पतालहरूमा १४० घाइते उपचारपछि डिस्चार्ज भएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा बाढीका मृतक सङ्ख्या ६२६, दुई हजार ३०१ जनाको उद्धार
Online Khabar

१३ भदौ, काठमाडौं । रसुवामा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेर ६२६ पुगेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेसम्मको विवरण सार्वजनिक गर्दै यो जानकारी दिएको हो।

प्रहरीका अनुसार बाढीका शव आठ जिल्लामा फेला परेका छन्। सबैभन्दा धेरै शव चितवनमा २३३ र नवलपरासी पूर्वमा १५८ जनाका भेटिएका छन्। त्यस्तै गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्लागत रूपमा शव भेटिएको विवरण यस्तो छ :

  • रसुवा : १३

  • धादिङ : ४९

  • गोरखा : ५४

  • नवलपरासी पूर्व : १५८

  • चितवन : २३३

  • नुवाकोट : ४१

  • तनहुँ : ३१

  • नवलपरासी पश्चिम : ४७

  • त्यस्तै, बाढी प्रभावित क्षेत्रबाट शनिबार दिउँसोसम्म दुई हजार ३०१ जनाको उद्धार गरिएको छ। नेपाल प्रहरीका अनुसार रसुवाबाट ६७६ जना, नुवाकोटबाट एक हजार ६२२ जना र धादिङबाट तीन जनालाई उद्धार गरिएको हो।

    काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराएर घर फर्किएका घाइतेको सङ्ख्या १४० रहेको प्रहरीले जनाएको छ।