मुख्य सामग्रीमा जानुहोस्

कञ्चनपुरको दोधारा चाँदनीमा नेपाली नागरिक पक्राउ गर्न आएका दुई भारतीय प्रहरी नियन्त्रणमा

दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्न शनिबार दिउँसो उनकै घरसम्म पुगेका दुई भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे माथिल्लो निकायमा जानकारी गराइसकिएको र निर्देशनअनुसार थप कारबाही अघि बढाइने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
कञ्चनपुरको दोधारा चाँदनीमा नेपाली नागरिक पक्राउ गर्न आएका दुई भारतीय प्रहरी नियन्त्रणमा
Online Khabar

कञ्चनपुरको दोधारा चाँदनीमा एक नेपाली नागरिकलाई पक्राउ गर्न पुगेका दुई जना भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा परेका छन्। भदौ १३ गते शनिबार दिउँसो कर्नाटक प्रहरीका असईसहित दुई जनालाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो।

उनीहरू दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्ने भन्दै उनकै घरसम्म पुगेका थिए। अनुमतिबिना नेपाली भूमिमा प्रवेश गरेर नेपाली नागरिक पक्राउ गर्न खोजेको सूचना प्राप्त भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले उनीहरू इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नियन्त्रणमा रहेको पुष्टि गरे। घटनाबारे माथिल्लो निकायमा जानकारी गराइसकिएको र त्यहाँबाट आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने उनले बताए।

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीसँग समन्वय र पूर्वजानकारी नगराई नेपाली भूमिमा प्रवेश गरेकाहरूमा कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएस छन्।