मुख्य सामग्रीमा जानुहोस्

रवि लामिछाने र बालेन शाहको संसद् प्रवेशमा नियमापत्ति, एमालेद्वारा रुलिङको माग

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने प्रवेश गर्दा नियमावली उल्लंघन भएको भन्दै नेकपा एमालेले रुलिङ माग गरेको छ। एमाले सांसद ऐन महरले बोल्दै गरेकी सांसदको अगाडिबाट हिँडेर नियमावलीको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रवेश गर्दा संसदीय नियमावलीको उल्लंघन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रुलिङको माग गरेको छ। शुक्रबार बसेको संसद् बैठकमा एमाले सांसद ऐन महरले नियमापत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराएका हुन्।

सांसद महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड ६ मा भएको व्यवस्था प्रधानमन्त्री शाह र सभापति लामिछानेले उल्लंघन गरेको दाबी गरे। उक्त नियममा सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट उल्लेख छ। उनले सोही नियमको बर्खिलाप गर्दै प्रधानमन्त्री शाह र सभापति लामिछाने सदनमा प्रवेश गरेको आरोप लगाए।

सदनमा राप्रपाकी सांसद खुश्बु ओलीले आफ्नो भनाइ राखिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने बैठक कक्षमा प्रवेश गरेका थिए। यही क्रममा उनीहरूले नियमावलीको उल्लंघन गरेको भन्दै सांसद महरले सभामुखलाई यस विषयमा आवश्यक रुलिङ जारी गर्न माग गरे।