काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। प्रतियोगितामा बलिङको जिम्मेवारी सम्हालेका लामिछानेले नेपाललाई उपाधिसम्म पुर्याउने क्रममा छ खेलमा १७ विकेट लिए।
शनिबार सम्पन्न फाइनलमा नेपालले यूएईलाई हराउँदै प्रिमियर कपको उपाधि जितेको छ। निर्णायक खेलमा लामिछानेले एक विकेट लिए।
प्रतियोगिताको सुरुआती खेलमै उनले बहराइनविरुद्ध पाँच विकेट लिनुका साथै टोलीलाई बलियो सुरुवात दिलाएका थिए। त्यसपछि उनले मलेसियाविरुद्ध एक, साउदी अरेबियाविरुद्ध तीन, हङकङविरुद्ध चार र सेमिफाइनलमा ओमानविरुद्ध तीन विकेट हात पारे। फाइनलमा भने उनको नाममा एक विकेट रह्यो।
सम्मान बाढी पीडितलाई
सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेपछि लामिछानेले आफ्नो सम्मान नेपालमा बाढीबाट क्षति पुगेका व्यक्तिहरूलाई समर्पित गरेका छन्। प्रतियोगिताभर लामिछानेको बलिङ नेपालको सफलताको मुख्य आधार रह्यो।







