आगामी सेप्टेम्बरमा जापानमा हुने २०औं एसियन गेम्सको क्रिकेट प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली सार्वजनिक भएको छ । नेपाल ओलम्पिक कमिटीले जापान जाने अन्तिम टोली आइतबार घोषणा गरेको हो ।
कप्तान ऐरीसहित टोलीमा रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन् ।
एसियन गेम्स अन्तर्गतको क्रिकेटमा नेपालले अफगानिस्तान र जापानसँग खेल्नेछ ।
टोलीसँगै सहयोगी जनशक्तिको जिम्मेवारी पनि तय भएको छ । टिम लिडरमा विनोद दास रहेका छन् भने मेडिकल पर्सोनेलमा लोकेन्द्र कुँवर छन् । टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल, प्रशिक्षकमा अब्दुर सतार र टेक्निकल पर्सोनेलमा रमन शिवाकोटी परेका छन् ।







