मुख्य सामग्रीमा जानुहोस्

एटो’ओमाथि आर्थिक अनियमितताको आरोप, छानबिन गर्न माग

क्यामरुनका पूर्वफुटबल खेलाडी तथा क्यामरुन फुटबल महासंघका अध्यक्ष सामुएल एटो’ओविरुद्ध कथित आर्थिक अनियमितताको आरोप लागेको छ। एसोसिएसन अफ एमेच्योर फुटबल क्लब्स अफ क्यामरुन (एसीएफएसी)ले यसबारे छानबिन गर्न माग गर्दै कानुनी…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
एटो’ओमाथि आर्थिक अनियमितताको आरोप, छानबिन गर्न माग
Nagariknetwork

क्यामरुनका पूर्वफुटबल खेलाडी एवं क्यामरुन फुटबल महासंघका अध्यक्ष सामुएल एटो’ओमाथि लागेको कथित आर्थिक अनियमितताको आरोपबारे छानबिन हुनुपर्ने माग एसोसिएसन अफ एमेच्योर फुटबल क्लब्स अफ क्यामरुन (एसीएफएसी)ले गरेको छ। एमेच्योर क्लबहरूको यो संस्थाले आरोपको विषयमा तत्काल अनुसन्धान गर्न आग्रह गर्दै कानुनी प्रक्रिया सुरु गर्ने जनाएको छ।

एटो’ओमाथि सन् २०२३ मा क्यामरुन र रुसबीच भएको मैत्रीपूर्ण खेलसँग सम्बन्धित रकम अनुचित रूपमा प्राप्त गरेको आरोप छ। एसीएफएसीका अनुसार उक्त खेलसँग जोडिएर रुसी फुटबल संघले क्यामरुन फुटबल महासंघको बैंक खातामा जम्मा हुनुपर्ने करिब पाँच लाख ६७ हजार युरो अन्य बैंक खातामा पठाएको थियो।

यही विषयलाई लिएर एसीएफएसीले एटो’ओविरुद्ध क्यामरुनको अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। साथै रुसी फुटबल संघविरुद्ध रुसमै गएर छुट्टै कानुनी उजुरी दर्ता गर्ने योजना पनि संस्थाले सार्वजनिक गरेको छ।

अर्कोतर्फ एटो’ओले भने आफूविरुद्ध लागेको आरोपबारे सार्वजनिक रूपमा कुनै दोष स्वीकार गरेका छैनन्। गत महिना विवादमा रहेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोको समर्थनमा उनी उभिएका थिए।