धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठकिलोमामा बिहीबार बिहान खसेको पहिरोका कारण काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । राजमार्ग हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन पहिरोकै कारण सडकमा रोकिनुपरेको छ ।
बिहानै खसेको पहिरोले राजमार्ग ठप्प
धादिङ प्रहरीका अनुसार बिहीबार बिहान करिब सवा २ बजेतिर मुग्लिङ–काठमाडौं सडकखण्ड अन्तर्गत थाक्रे–६ आठकिलोमामा पहिरो खसेको हो । सडकमाथिबाट झरेको पहिरोका कारण यो खण्डमा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ ।
पहिरो खसेको जानकारीपछि काठमाडौंतर्फ र मुग्लिङतर्फबाट आउजाउ गर्ने सवारीसाधनहरू बाटोमै रोकिएका छन् । राजमार्गको यो भागमा सवारीसाधनको लाम लागेको छ ।
चार उपकरणबाट पहिरो पन्छाउँदै
अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रहरीले चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम जारी राखेको छ । पहिरो पन्छाउन अझै करिब आधा घण्टा लाग्ने प्रहरीको भनाइ छ ।
केही समयमै सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।






