मुख्य सामग्रीमा जानुहोस्

मकवानपुरको भीमफेदीमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको मृत्यु

भीमफेदी गाउँपालिका–८ ईपादेउरालीकी ६३ वर्षीया लीलादेवी खत्रीलाई बिहीबार बिहान बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। बसमा सवार रहेकी उनी गाडीबाट झरेपछि बसको अगाडिबाट बाटो काट्ने क्रममा दुर्घटनामा परेकी हुन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
मकवानपुरको भीमफेदीमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको मृत्यु
Nagariknetwork

मकवानपुरको भीमफेदी गाउँपालिका–८, ईपादेउरालीमा बिहीबार बिहान बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। ईपादेउराली–कोगटे–भीमफेदी–हेटौँडा भित्री सडकखण्डमा बिहान करिब ७:३० बजे भएको दुर्घटनामा स्थानीय ६३ वर्षीया लीलादेवी खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ईपा क्षेत्रबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसमा सवार रहेकी खत्री गाडीबाट झरेर बसकै अगाडिबाट सडक पार गर्न खोज्दा सोही बसले उनलाई ठक्कर दिएको थियो। ठक्करका कारण टाउकोमा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भीमफेदी र इलाका प्रहरी कार्यालय ठिङ्गनबाट ट्राफिक प्रहरीसमेत गरी २० जनाको टोली घटनास्थलमा पुगेको थियो। उक्त टोली बिहान ८:५५ बजे घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस घटनास्थलमै रहेको र बसमा सवार चालक भीमफेदी गाउँपालिका–७ कोगटे निवासी ४३ वर्षीय राजु आचार्य प्रहरीको सम्पर्कमा रहेको प्रहरीले बताएको छ। घटनास्थलको मुचुल्का तयार गर्ने काम सुरु भइसकेको र दुर्घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।