मुख्य सामग्रीमा जानुहोस्

सुर्खेतको गुर्भाकोटमा ट्याक्टर पल्टिँदा मजदुरको मृत्यु

गुर्भाकोट नगरपालिका–९ भालुखोलामा भे २ त ५९ नम्बरको ट्याक्टर पल्टिएर एक मजदुरको मृत्यु भएको छ। ट्याक्टरको अगाडिको भागमा च्यापिएर बोटेचौरका बिमल रानाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न चालकलाई…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
सुर्खेतको गुर्भाकोटमा ट्याक्टर पल्टिँदा मजदुरको मृत्यु
Nagariknetwork

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भालुखोलामा ट्याक्टर पल्टिएर एक मजदुरको मृत्यु भएको छ। बालुवा लिएर जाँदै गरेको ट्याक्टर नियन्त्रणबाहिर भई पल्टिँदा परिचालक मजदुरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

कात्तिक ११ गते भालुखोला क्षेत्रबाट बालुवा बोकेर खहरे खोलातर्फ लागेको भे २ त ५९ नम्बरको ट्याक्टर बाटोमा अनियन्त्रित भएर पल्टिएको हो। सो क्रममा ट्याक्टरको अगाडिको भागले च्यापिँदा मजदुरको त्यहीँ ज्यान गएको प्रहरीले जनाएको छ।

मृतक गुर्भाकोट नगरपालिका–९ बोटेचौरका २८ वर्षीय बिमल राना रहेको प्रहरीले परिचय खुलाएको छ। दुर्घटनामा संलग्न सोही ट्याक्टरका चालक गुर्भाकोट नगरपालिका–२ खरिगैराका ४८ वर्षीय चन्द्रप्रकाश बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चालकमाथि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।