पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नहरमा डुबेर एक जनाको ज्यान गएको छ। कावासोती नगरपालिका–१७ गोर्सदीमा रहेको नहरमा डुब्दा एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो।
नहरमा डुबेर मृत्यु हुनेमा ४४ वर्षीय शेरबहादुर महतो रहेका छन्। उनी मध्यबिन्दु नगरपालिका–८ भागराका स्थायी बासिन्दा हुन्। हाल उनी पूर्वी नवलपरासीकै कावासोती नगरपालिका–१७ गोर्सदीमा बस्दै आएका थिए।
कपडा धुने क्रममा दुर्घटना
कावासोती प्रहरीका अनुसार महतो गएराति कपडा धुनका लागि भन्दै नहरमा गएका थिए। राति करिब नौ बजेको समयमा नहरमा गएका उनी पानीमा डुबेका थिए। पानीमा डुबेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।




