मुख्य सामग्रीमा जानुहोस्

पाथीभरामा शनिबार एकैदिन ४ हजार ३ सय ७ जनाले गरे दर्शन

ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा शनिबार ४ हजार ३ सय ७ जनाले दर्शन गरेका छन्। दसैंपछि मौसम सफा भएसँगै दर्शनार्थीको संख्या ह्वात्तै बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
पाथीभरामा शनिबार एकैदिन ४ हजार ३ सय ७ जनाले गरे दर्शन
Nagariknetwork

ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा शनिबार ४ हजार ३ सय ७ जना दर्शनार्थीले पूजाआराधना गरेका छन्। चालु आर्थिक वर्ष सुरु भएयता एकै दिन यति धेरै भक्तजन मन्दिरमा पुगेको यो पहिलो अवसर हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शनिबार मात्रै ४ हजार ३ सय ७ जनाले मन्दिरको दर्शन गरेको जानकारी दिए। यसअघि शुक्रबार १ हजार ७ सय ७९ जनाले दर्शन गरेका थिए। समितिका सूचना प्रविधि अधिकृत सन्तोष पुर्कुटीका अनुसार सो दिनको संख्या यही हो।

यस वर्ष मलमास परेकाले नवरात्रको अवधिभर पाथीभरामा दर्शनार्थीको उपस्थिति अपेक्षाकृत कम रहेको समितिले जनाएको छ। दसैं सकिएलगत्तै मौसम सफा भएपछि भने मन्दिरमा भक्तजनको भीड उल्लेख्य रूपमा बढेको छ।

समितिको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गरी २० हजार ५ सय २२ जनाले पाथीभरा मन्दिरको दर्शन गरिसकेका छन्।