मुख्य सामग्रीमा जानुहोस्

एक्स्ट्रिम इनर्जीको ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु, पहिलो सिजनमा नौ कलाकार सहभागी

नेपाली संगीतका नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकता प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सञ्चालनमा ल्याएको छ । पहिलो सिजनमा नौ कलाकार सहभागी छन् र हरेक दुई सातामा नयाँ…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
एक्स्ट्रिम इनर्जीको ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु, पहिलो सिजनमा नौ कलाकार सहभागी
Online Khabar

काठमाडौं । नेपाली संगीतका नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । गत अक्टोबर १० बाट औपचारिक रूपमा सुरु भएको यो सिरिजअन्तर्गत हरेक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक हुनेछ ।

गीत तथा तिनका संगीत भिडियो ‘एक्स्ट्रिम म्युजिक सिरिज’को युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ । मौलिक संगीतसँगै नवीन दृष्य प्रस्तुति समेट्ने भएकाले यसले दर्शक तथा स्रोतालाई फरक अनुभव दिने अपेक्षा राखिएको छ ।

यो सिरिज एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित छ । यसको व्यवस्थापन आर्बिट्ररी रेकर्डस्ले र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट)ले गरिरहेको छ ।

पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ कलाकार सहभागी छन् । प्रत्येक कलाकारले आफ्नो निजी संगीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

परम्परागत शैलीभन्दा फरक रहेर नयाँ संगीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल थालिएको हो । यस सिरिजमार्फत नेपाली संगीत क्षेत्रका प्रतिभालाई उजागर गर्दै स्थानीय संगीत संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।