मुख्य सामग्रीमा जानुहोस्

बाढी प्रभावितका लागि सामसङको विशेष मर्मत अभियान, मर्मतमा शतप्रतिशतसम्म छुट

सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत योग्य उपकरणको मर्मतमा शतप्रतिशतसम्म छुट पाइने र नयाँ सामान फेर्नुपर्ने अवस्थामा पनि सहयोग उपलब्ध हुने कम्पनीले…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
बाढी प्रभावितका लागि सामसङको विशेष मर्मत अभियान, मर्मतमा शतप्रतिशतसम्म छुट
Online Khabar

काठमाडौं । सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै क्षतिग्रस्त उपकरणको मर्मतसम्बन्धी विशेष सेवा अभियान सञ्चालन गरेको छ। योग्य मोबाइल फोन, ट्याब्लेट तथा घरायसी उपकरणको मर्मतमा शतप्रतिशतसम्म छुट दिने र नयाँ सामान फेर्नुपर्ने अवस्थामा पनि त्यत्तिकै सहयोग गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अभियान अक्टोबर २ देखि नोभेम्बर २ सम्म चल्नेछ। यसले बाढीले क्षति पुर्‍याएका उपकरण पुनः चालु अवस्थामा फर्काउन तथा नयाँ सामान किन्दा पर्ने आर्थिक भार कम गर्न मद्दत पुग्ने अपेक्षा छ।

कहाँ पाइन्छ सेवा

अभियानका लागि नारायणघाट सर्भिस सेन्टर र काठमाडौंको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष सेवा शिविर सञ्चालन गरिएको छ। घरायसी उपकरणका हकमा भने घरमै गएर सेवा दिने व्यवस्था पनि मिलाइएको कम्पनीले जानकारी दिएको छ।

योग्य स्मार्टफोन तथा ट्याब्लेट भएका ग्राहकले तोकिएका शिविरमा उपकरण लगेर जाँच र मर्मतको सुविधा लिन सक्नेछन्। अभियानमा स्मार्टफोन, ट्याब्लेट, फ्रिज, वासिङ मेसिन र टेलिभिजनलगायत सामसङका उपकरण समावेश छन्।

छुटको विवरण

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार वारेन्टी अवधि बाँकी रहेका योग्य घरायसी तथा मोबाइल उपकरणको मर्मतमा र नयाँ सामान फेर्नुपर्ने अवस्थामा शतप्रतिशतसम्म छुट पाइनेछ। एकदेखि दुई वर्ष पुराना उपकरणमा ८० प्रतिशतसम्म छुट दिइनेछ।

दुईदेखि पाँच वर्षभन्दा पुराना घरायसी उपकरणमा ७० प्रतिशतसम्म र मोबाइल उपकरणको हकमा दुईदेखि चार वर्ष पुरानामा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

नयाँ पार्टपूर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उपकरणको सिफारिस गरिएको खुद्रा मूल्यको ८० प्रतिशतभन्दा बढी रकम लाग्ने देखिएमा मर्मतको सट्टा नयाँ उपकरण उपलब्ध गराउने विषयमा विचार गर्न सकिने पनि कम्पनीले उल्लेख गरेको छ।

कुन क्षेत्रका ग्राहकलाई सुविधा

नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ स्थानीय तहका बाढी प्रभावित क्षेत्रका साथै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलगायत आसपासका जिल्लाका ग्राहकले यो सुविधा लिन सक्नेछन्।

अभियानले बाढी प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक विद्युतीय उपकरणको प्रयोग पुनः सुरु गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।