मुख्य सामग्रीमा जानुहोस्

सोमबार नेपाल आइपुग्ने १ हजार २५० मेट्रिक टन डिएपी मल

ग्लोबल टेन्डरमार्फत ल्याइएको ३० हजार मेट्रिक टन डिएपी मलको पहिलो भाग १ हजार २५० मेट्रिक टन सोमबार नेपाल आइपुग्ने भएको छ। बाँकी मल कोलकाता बन्दरगाहमा प्याकेजिङ भइरहेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौं — कृषि वन तथा पर्यावरण मन्त्रालयले सोमबार एक हजार २५० मेट्रिक टन डिएपी (डाइअमोनियम फस्फेट) रासायनिक मल नेपाल आइपुग्ने जानकारी दिएको छ। ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डिएपी मल भारतको कोलकाता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। तीमध्ये १ हजार २५० मेट्रिक टन मल १ साउनमा नेपालतर्फ ढुवानी थालिएको हो।

मन्त्रालयका अनुसार बाँकी मलको कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) भइरहेको छ। प्याकेजिङ सम्पन्न भएसँगै ती मल पनि क्रमशः नेपाल ल्याइनेछ। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीले गरिरहेको छ।