उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। यी दुई पार्टीबीच आज औपचारिक रूपमा एकता घोषणा गर्ने कार्यक्रम तय भएको हो।
एकता घोषणाका लागि आज दिउँसो १ बजे कोटेश्वरस्थित पेरिसडाँडामा रहेको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा विशेष एकता सभा आयोजना गरिएको छ। सोही सभामार्फत दुई पार्टीबीचको एकता औपचारिक रूपमा घोषणा गरिने बताइएको छ।
पार्टी एकतासँगै उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा विलय हुने प्रक्रिया पनि सुरु हुनेछ। एकता घोषणा सभामा दुवै पक्षका नेता तथा कार्यकर्ताको उपस्थिति रहने कार्यक्रम रहेको जनाइएको छ।
दुई पार्टीबीचको एकतालाई लिएर औपचारिक घोषणा आजै हुने भएकाले राजनीतिक वृतमा यसलाई महत्वका साथ हेरिएको छ। एकता सभाको तयारीका लागि आवश्यक व्यवस्थापन भइरहेको पार्टी स्रोतले जनाएको छ।







