मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिकामाथि उठेका टिप्पणी अध्ययन गर्न नेपाल बार एसोसिएसनद्वारा पूर्वअध्यक्ष श्रेष्ठको संयोजकत्वमा समिति गठन

न्याय क्षेत्रमा पछिल्लो समय उठेका प्रश्न र टिप्पणीबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ। समितिलाई तथ्य सङ्कलनसहित एक महिनाभित्र सुझाव बुझाउने जिम्मेवारी…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
न्यायपालिकामाथि उठेका टिप्पणी अध्ययन गर्न नेपाल बार एसोसिएसनद्वारा पूर्वअध्यक्ष श्रेष्ठको संयोजकत्वमा समिति गठन
Nagariknetwork

न्यायपालिकाबारे पछिल्ला दिनमा सार्वजनिक रूपमा विभिन्न टिप्पणी र प्रश्न उठिरहेका बेला नेपाल बार एसोसिएसनले त्यस विषयमा अध्ययन गर्न एउटा समिति गठन गरेको छ। बारले न्याय क्षेत्रमा देखिएका सवालको तथ्यपरक अध्ययन गरी सुधारका लागि सुझाव तयार पार्न यो समिति बनाएको हो।

बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा बनेको समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरू उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य छन्। समितिको सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन्।

समितिले हालको न्यायालयबारे उठेका टिप्पणीका तथ्य सङ्कलन गर्ने र समग्र न्याय क्षेत्रको उन्नयनका लागि आवश्यक सुझाव एक महिनाभित्र तयार पार्ने कार्यादेश पाएको बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिएका छन्।

बारको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले न्यायपालिकासम्बन्धी समसामयिक अध्ययनका लागि उक्त समिति बनाउने निर्णय गरेको जनाइएको छ।