मुख्य सामग्रीमा जानुहोस्

भ्रष्टाचारबाट मुलुक डुबाउने र आन्दोलनको नाममा आगजनी गर्ने दुवै जनताका शत्रु : सुवाल

नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा भक्तपुरमा आयोजित सांस्कृतिक र्‍यालीपछि बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गर्ने र आन्दोलनका नाममा आगजनी गर्ने दुवै पक्ष जनताका साझा शत्रु भएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
भ्रष्टाचारबाट मुलुक डुबाउने र आन्दोलनको नाममा आगजनी गर्ने दुवै जनताका शत्रु : सुवाल
Nagariknetwork

नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा भक्तपुरमा सोमबार आयोजित सांस्कृतिक भिन्तुना र्‍यालीपछि बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचारका माध्यमबाट मुलुकलाई डुबाउने र आन्दोलनको नाममा मुलुकमा आगो लगाउने — दुवै पक्ष नेपाली जनताका साझा शत्रु रहेको टिप्पणी गरेका छन्।

पुराना र नयाँ भनिएका कुनै पनि राजनीतिक शक्तिबाट मुलुकको निर्माण हुन नसक्ने उनको दाबी छ। पुराना दलहरूले भ्रष्टाचारका बाटोबाट देशलाई डुबाएको र नयाँ भनिएको दलले गत वर्ष भदौ २३ र २४ गते देशमा आगजनी गरेको उनको आरोप छ। यी दुवै पक्षबाट देश बन्ने अवस्था नरहेको उनको भनाइ छ।

सफा नेतृत्वमा जोड

भ्रष्टाचार नियन्त्रणको थालनी प्रधानमन्त्री आफैँबाट हुनुपर्ने उनले औंल्याए। नेतृत्व सफा भएमात्र तल्लो तहसम्म सुशासन कायम हुनसक्ने उनको तर्क छ।

प्रधानमन्त्रीले भ्रष्टाचार नगरे मन्त्रीहरूले गर्न नसक्ने र मन्त्रीहरूले नगरेपछि प्रशासनका हाकिमहरूले पनि त्यसतर्फ हात हाल्न नसक्ने उनले बताए। सुशासनका लागि शीर्ष नेतृत्वको भूमिका नै निर्णायक रहने उनको भनाइ छ।