मुख्य सामग्रीमा जानुहोस्

लुटपाट र आगजनीमा संलग्न हुनेहरू नेपाली जातिका लागि कलंक हुन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विध्वंस र लुटपाटको गलत संस्कार मौलाएको भन्दै त्यस्ता काममा संलग्न व्यक्तिहरूलाई नेपालीका नाममा लागेको कलंक भनेका छन्। भक्तपुरमा तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वका…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
लुटपाट र आगजनीमा संलग्न हुनेहरू नेपाली जातिका लागि कलंक हुन् : ओली
Nagariknetwork

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय भएका लुटपाट तथा आगजनीका घटनाप्रति कडा असन्तुष्टि जनाउँदै त्यस्ता काममा संलग्न हुनेहरूलाई नेपाली जातिका नाममा लागेको कलंक भनेका छन्।

भक्तपुरमा एमाले भक्तपुर जिल्ला कमिटीले तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा विध्वंस र लुटपाटको गलत संस्कार फैलिएको टिप्पणी गरे।

लुटपाट र आगजनीप्रति आक्रोश

देशभरका २१ वटा भाटभटेनी लुटिएको र आगो लगाइएको स्मरण गराउँदै उनले यस्ता घटनाले नेपालीको छवि बिगारेको बताए। अर्काको सम्पत्ति लुटेर बोकेर भाग्ने काम गर्दा नेपाली समाजलाई लाज हुनुपर्ने अवस्था आएको उनको भनाइ छ। त्यस्ता व्यक्तिहरूप्रति उनले घृणा र आक्रोश प्रकट गरे।

नागरिकलाई राष्ट्रिय सम्पत्ति जलाउन र असत्य बोल्न अभ्यस्त बनाइएको आरोप पनि ओलीले लगाए। सांस्कृतिक मूल्यमान्यता कमजोर हुँदा समाज गलत बाटोमा लागेको उनले बताए। राम्रो घर देख्नासाथ आगो लगाउने र अरूको धन लुट्नेतर्फ मानिस किन प्रवृत्त भए भन्ने प्रश्न उनले उठाए।

विकासका संरचना भत्काउने र झुटको खेती गर्ने विकृत अभ्यास समाजमा जबरजस्ती स्थापित गर्न खोजिएको दाबी अध्यक्ष ओलीको छ। मानिसलाई सत्य र सिर्जनाको मार्गभन्दा विध्वंसतर्फ उचालिएको उनले आरोप लगाए।

चाडपर्वका अवसरमा शुभकामना साटासाट गर्ने दिन भएकाले आफूले धेरै अप्रिय विषय नउठाउने बताउँदै ओलीले उपस्थित सबैलाई तिहार, नेपाल संवत् नयाँ वर्ष र छठ पर्वको शुभकामना दिए।