मुख्य सामग्रीमा जानुहोस्

चितवनविरुद्ध रासिद खानको अर्धशतक, एनपीएलमा यो उनको दोस्रो पचासा

जारी नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा काठमाडौं गोर्खाजका रासिद खानले चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन्। दुई चौका र चार छक्काको सहयोगमा उनले २८ बलमै पचासा पूरा गरे। लिगमा यो उनको दोस्रो अर्धशतक हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
चितवनविरुद्ध रासिद खानको अर्धशतक, एनपीएलमा यो उनको दोस्रो पचासा
Online Khabar

२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाडौं गोर्खाजका रासिद खानले चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन्। जारी लिगमा रासिदको यो दोस्रो अर्धशतक हो।

रासिदले २८ बल खेलेर दुई चौका र चार छक्काको मदतमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए। त्यसपछि उनी ३० बलमा ५२ रन बनाएर आउट भए।

यसअघि उनले कर्णाली याक्सविरुद्ध ५० रन बनाएका थिए। चितवनविरुद्धको पारीले उनको लयलाई निरन्तरता दिएको छ र टोलीलाई राम्रो सुरुवात दिलाउने काम गरेको छ।

यो खेल काठमाडौं गोर्खाज र चितवन राइनोजबीच जारी छ।