मुख्य सामग्रीमा जानुहोस्

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा : २० करोड ९० लाख बिगो

पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। उनीसहित ६ जना र १० वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
पूर्वअर्थमन्त्री पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा : २० करोड ९० लाख बिगो

काठमाडौं — पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा उनीविरुद्ध पुरक आरोपपत्र दायर गरेको हो ।

पौडेलको हकमा २० करोड ९० लाख रुपैयाँ बिगो कायम गरिएको छ भने उनको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न माग गरिएको छ । यसअघि दर्ता भएको व्यापारी दिपक भट्टसमेतको मुद्दामा थप अनुसन्धान गरी पुरक आरोपपत्र दायर गरिएको हो ।

मुद्दाका प्रतिवादी

पुरक आरोपपत्रमा पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनी गरी १६ जनालाई प्रतिवादी बनाइएको छ । दिपक भट्ट, ऋषिराज मोर, सुलभ अग्रवाल, शुभी अग्रवाल र उपेश बस्नेतविरुद्ध पनि सम्पत्ति जफत प्रयोजनार्थ मुद्दा दायर भएको छ । यसअघि २८ जेठमा भट्टसहितलाई सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको थियो ।

पक्राउ र अनुसन्धान

पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २५ दिनदेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । ८ असारमा पार्टीको कामको सिलसिलामा सुर्खेत पुगेका उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको थियो । सम्पत्ति शुद्धीकरणकै कसुरमा पुर्पक्षका लागि थुनामा रहेका व्यापारी दिपक भट्टसँगको मिलेमतोमा आर्थिक अनियमितता गरेको आरोपमा विभागले अनुसन्धान अघि बढाएको थियो । भट्टलगायतलाई गैरकानुनी सम्पत्ति लुकाउन एवं छल्ने वातावरण निर्माण गरिदिएर सम्पत्ति शुद्धीकरण कसुरमा मतियारको कार्य गरेको आरोप पौडेलमाथि छ ।