मुख्य सामग्रीमा जानुहोस्

इनिशा हत्याकाण्ड : तीन जनाविरुद्धको फरेन्सिक रिपोर्टले देखाएन संलग्नता, सरकारी वकिलको निर्णयमाथि प्रश्न

तीन महिना थुनामा राखेपछि आएको फरेन्सिक रिपोर्टमा इनिशा हत्याका तीन जनाको संलग्नता नदेखिएपछि सरकारी वकिलको निर्णयमाथि प्रश्न उठेको छ। तत्कालीन जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले आफ्नो निर्णयको बचाउ गरेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

इनिशा हत्याकाण्डमा तीन महिना थुनामा राखेपछि आएको फरेन्सिक रिपोर्टले तीन जनाको संलग्नता नदेखाएको छ। यसले घटनामा संलग्न सबैलाई बलात्कार र हत्या दुवैमा मुद्दा चलाउने सरकारी वकिलको निर्णयलाई थप प्रश्नको घेरामा पारिदिएको छ।

यसअघि प्रहरीले 'प' नामक व्यक्तिलाई मात्र बलात्कार र हत्या दुवैमा र अन्यलाई घटनास्थलमा पुगेर पनि इनिशालाई बचाउन भूमिका नखेलेको आधारमा मुद्दा चलाउन सिफारिस गरेको थियो। तर सरकारी वकिलले सबै तीन जनालाई बलात्कार र हत्याको मुद्दा चलाएपछि प्रश्न उठेको हो।

तत्कालीन जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले प्रहरी प्रतिवेदनलाई 'अपूर्ण' भन्दै आफ्नो निर्णयको बचाउ गरेका थिए। 'मेडिकल रिपोर्टमा चोटहरू यति गम्भीर देखिन्छन् कि एउटै व्यक्ति मात्र यसमा जिम्मेवार हुन सक्छ भन्नेमा प्रश्न उठ्छ,' उनले भनेका थिए, 'यदि प्रहरीले यी तीन जना हत्यामा संलग्न थिए भन्ने मानेको छ भने उनीहरूलाई बलात्कारबाट कसरी अलग राख्न मिल्छ? यदि यौन आक्रमणमा संलग्नता थिएन भने पछि आइपुगेकाहरूमाथि हत्याको अभियोग कसरी न्यायोचित हुन्छ?'