मुख्य सामग्रीमा जानुहोस्

आत्महत्या रोकथाम र मानव अधिकारको सुनिश्चितताका लागि आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितताका लागि आग्रह गरेको छ । आयोगले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा आत्महत्याका घटना वर्षेनि हजारौँको संख्यामा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
आत्महत्या रोकथाम र मानव अधिकारको सुनिश्चितताका लागि आयोगको आग्रह
Online Khabar

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितताका लागि आग्रह गरेको छ । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

हरेक वर्ष १० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । आत्महत्या रोकथामका सन्दर्भमा विश्वव्यापी रूपमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । आयोगका अनुसार सन् २०२४ देखि २०२६ सम्मका लागि आत्महत्याबारेको कथ्य तथा दृष्टिकोण परिवर्तन गर्ने विषयवस्तु तय भएको छ ।

नेपालको तथ्यांक

आयोगका भनाइमा नेपालमा प्रत्येक वर्ष हजारौँ व्यक्तिले आत्महत्याका कारण जीवन गुमाउनुपरेको अवस्था छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा आत्महत्यासम्बन्धी ६ हजार ८५२ घटना दर्ता भएका छन् । यसअघि आर्थिक वर्ष २०८०/८१ मा ७ हजार २२१ जनाको आत्महत्याबाट मृत्यु भएको तथ्यांक आयोगले सार्वजनिक गरेको छ ।

मानसिक तनाव, चिन्ता तथा निराशा, घरेलु हिंसा र लैंगिक हिंसा, दीर्घकालीन मानसिक स्वास्थ्य समस्या, आर्थिक समस्या, गरिबी तथा बेरोजगारीजस्ता कारणले नेपालमा आत्महत्याका घटना भइरहेको विभिन्न अध्ययनबाट देखिने आयोगले जनाएको छ ।

मानव अधिकारको प्रश्न

आयोगले आत्महत्यालाई केवल मानसिक स्वास्थ्यको विषयका रूपमा मात्र नहेरी जीवन, मर्यादा, स्वास्थ्य, सुरक्षा तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग जोडिएको गम्भीर मानव अधिकारको विषयका रूपमा उल्लेख गरेको छ ।