मुख्य सामग्रीमा जानुहोस्

पथरीशनिश्चरेमा ब्राउनसुगरसहित दम्पती पक्राउ

पथरीशनिश्चरेको शनिश्चरे बजारबाट प्रहरीले २४ वर्षीय कैलाश तामाङ र २३ वर्षीया अनिसा तामाङलाई पक्राउ गरेको छ। उनीहरूको घरमा खानतलासी गर्दा खाटमुनि लुकाइराखेको ब्राउनसुगर, नगद र क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
पथरीशनिश्चरेमा ब्राउनसुगरसहित दम्पती पक्राउ
Nagariknetwork

मोरङको पथरीशनिश्चरेबाट प्रहरीले लागुऔषध ब्राउनसुगर तथा क्याप्सुलसहित एक दम्पतीलाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–४ स्थित शनिश्चरे बजारबाट स्थानीय २४ वर्षीय कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। कैलाशलाई फुरसाङ भनेर पनि चिनिन्छ।

सो क्षेत्रमा लागुऔषधको सेवन र बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा परिचालित प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको डिएसपी मिश्रको भनाइ छ। पक्राउपछि प्रहरीले कैलाशको घरमा समेत खानतलासी गरेको थियो।

घरको खानतलासीका क्रममा सुत्ने खाटको मुनि झोलाभित्र लुकाएर राखिएको अवस्थामा प्लास्टिकमा बेरिएको ४ ग्राम ९४० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी सोही स्थानबाट १२ हजार ९२५ रुपैयाँ नगद र एनआईटीजेडएएससीएनटी–१० लेखिएका १३ पत्तामा गरी १२८ क्याप्सुल बरामद भएको प्रहरीले बताएको छ।

दुवैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ र घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।