मुख्य सामग्रीमा जानुहोस्

महासंघको रोजगारदाता परिषद् गठन प्रक्रिया पूरा, सभापति पाण्डेको नेतृत्वमा पहिलो बैठक

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको रोजगारदाता परिषद् गठन भएको छ। परिषद्को पहिलो बैठकमा श्रम तथा रोजगार क्षेत्रका मुद्दामा छलफल भएको छ। अध्यक्ष श्रेष्ठले न्यूनतम पारिश्रमिक क्षेत्रगत आधारमा निर्धारण गर्ने विषयमा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
महासंघको रोजगारदाता परिषद् गठन प्रक्रिया पूरा, सभापति पाण्डेको नेतृत्वमा पहिलो बैठक

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत श्रम तथा रोजगारसम्बन्धी नीति, सामाजिक संवाद र रोजगारदाता हितको प्रतिनिधित्व गर्ने प्रमुख संस्थागत संयन्त्र रोजगारदाता परिषद् गठन प्रक्रिया पूरा भएको छ।

परिषद्को पहिलो बैठक बिहीबार सम्पन्न भयो। सो बैठकमा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेको सभापतित्वमा गठित परिषद्का सदस्यहरूलाई महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मनोनयनपत्र हस्तान्तरण गरे।

बैठकमा अध्यक्ष श्रेष्ठले श्रम तथा रोजगार क्षेत्रको सुधार, सुदृढीकरण तथा उद्योग–व्यवसायमैत्री श्रम सम्बन्ध स्थापना गर्न परिषद्को भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनले विगतको तुलनामा वर्तमान औद्योगिक श्रम सम्बन्ध सकारात्मक र सुमधुर बन्दै गएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिकलाई क्षेत्रगत आधारमा निर्धारण गर्ने विषयमा मन्त्रालयस्तरमा छलफल भइरहेको जानकारी दिए।

उनले परिषद्का सदस्यहरूलाई निजी क्षेत्रको साझा धारणा तयार गरी तथ्य, अध्ययन र अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा प्रभावकारी नीति पैरवी गर्नुपर्नेमा जोड दिए।