मुख्य सामग्रीमा जानुहोस्

दसैँमा मुस्ताङ हुँदै ३५ करोड रुपैयाँ बराबरका भेडा र च्याङ्ग्रा निकासी

यसपटकको दसैँको अवसरमा मुस्ताङ मार्ग भएर ३५ करोड रुपैयाँ मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएका छन्। कृषि तथा पशु विकास कार्यालयका अनुसार मुस्ताङबाट मात्रै झन्डै नौ हजार भेडा तथा च्याङ्ग्रा बाहिरिएका छन्। कर्णाली…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
दसैँमा मुस्ताङ हुँदै ३५ करोड रुपैयाँ बराबरका भेडा र च्याङ्ग्रा निकासी
Nagariknetwork

यसपटकको दसैँमा मुस्ताङ हुँदै ३५ करोड रुपैयाँ मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएका छन्। कृषि तथा पशु विकास कार्यालयका अनुसार बिक्रीका लागि बेसीतर्फ झारिएका भेडा तथा च्याङ्ग्राको संख्या १३ हजार २७९ रहेको छ।

कार्यालय प्रमुख डा लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग भएर ११ हजार ११६४ च्याङ्ग्रा र दुई हजार ११५ भेडा बिक्रीका लागि तल्लो क्षेत्रतर्फ पुर्‍याइएको हो। यसमध्ये मुस्ताङबाट मात्रै २२ करोड रुपैयाँभन्दा बढी मूल्यका पशु बाहिरिएका छन् भने कर्णाली प्रदेशका डोल्पा, मुगु र जुम्लाबाट १३ करोड रुपैयाँ बराबरका भेडा, च्याङ्ग्रा तथा च्यालु (माउ) यही बाटो हुँदै निकासी भएका छन्।

जिल्लागत निकासी

कार्यालयको विवरणअनुसार मुस्ताङबाट सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएका छन्। त्यसमा स्थानीय किसानले पालेका खोरपाला र तिब्बतको कोरलाना नाका हुँदै भित्र्याइएका ४०० भन्दा बढी भेडा तथा च्याङ्ग्रा छन्, जसलाई मुस्ताङका व्यापारीहरूले पोखरा र काठमाडौंलगायतका स्थानमा पुर्‍याएका छन्।

कर्णाली प्रदेशतर्फ डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा र ८७१ भेडा गएका छन्। जुम्लाबाट ३०० च्याङ्ग्रा निकासी भएका छन् भने मुगुबाट ३२० च्याङ्ग्रा र ४० भेडा बाहिरिएका छन्।

औसत मूल्य

यस वर्ष निकासी गरिएका पशुको औसत मूल्य कार्यालयले तोकेको छ। सोअनुसार एक च्याङ्ग्राको औसत मूल्य ३३ हजार, भेडाको २२ हजार र च्यालु (रमा/माउ) को १० हजार रुपैयाँ कायम गरिएको छ। दसैँको माग समेत ध्यान दिँदै यी पशु मुस्ताङ भएर पहाडी तथा तराईका बजारसम्म पुर्‍याइएको कार्यालयले जनाएको छ।