मुख्य सामग्रीमा जानुहोस्

ब्यागेज चोरी रोक्न ग्राउन्ड ह्यान्डलिङ कर्मचारीलाई खल्तीरहित पोशाक अनिवार्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङमा खटिने कर्मचारीहरूका लागि खल्ती नभएको पोशाक अनिवार्य गरिएको छ। संसदीय समितिको दबाबपछि लागू गरिएको यो उपायले ब्यागेज हराउने र चोरी हुने समस्या समाधानको प्रयास हो।…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
ब्यागेज चोरी रोक्न ग्राउन्ड ह्यान्डलिङ कर्मचारीलाई खल्तीरहित पोशाक अनिवार्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको सामान हराउने तथा चोरी हुने गुनासो बढेपछि ग्राउन्ड ह्यान्डलिङमा खटिने कर्मचारीहरूका लागि खल्तीरहित पोशाक अनिवार्य गरिएको छ। संसदीय समितिको दबाबपछि पुनः लागू गरिएको यो पुरानो उपायले 'ब्यागेज आतंक' रोक्ने अपेक्षा गरिएको छ।

यसअघि पनि यस्तो पोशाक लागू गरिएको थियो तर केही समयपछि हटाइएको थियो। तर पछिल्लो समय ब्यागेज चोरी र हराउने घटना बढेपछि संसदीय समितिले यसलाई पुनः लागू गर्न निर्देशन दिएको हो।

तर विमानस्थलभित्रैबाट प्रश्न उठेको छ- के कर्मचारीको पोशाकबाट खल्ती हटाएर मात्रै समस्या समाधान हुन्छ ? खल्तीरहित पोशाकले चोरीका घटनामा कमी ल्याउन सक्ने भए पनि यो मात्रै समाधान नभएको विमानस्थल स्रोतको भनाइ छ। अन्य सुरक्षा उपाय र निगरानी पनि आवश्यक रहेको औंल्याइएको छ।