नागरिक अगुवा देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको विशालगरस्थित उनको निवासमै शुक्रबार साँझ निधन भएको हो । उनको स्वास्थ्य अवस्थाबारे जानकार डाक्टर अनुप सुवेदीका अनुसार पाण्डे प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहेका थिए ।
पाण्डे २०४६ सालको परिवर्तनपछि संक्रमणकालमा बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीसमेत भएका थिए । अर्थविद्का रूपमा उनले त्यसबेला अर्थतन्त्रमा सुधारको प्रयास गरेका थिए । राजनीतिक दलसँगको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै उनले २०६२ सालमा नागरिक समाजको तर्फबाट आन्दोलनको अगुवाई गरेका थिए । पाण्डेकी एक छोरी छिन् ।

