मुख्य सामग्रीमा जानुहोस्

बजाज मोटरसाइकलको ईएमआई घट्यो, अब ५ वर्षसम्म किस्ता तिर्न सकिने

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ हायर पर्चेजसँग मिलेर नयाँ कर्जा योजना ल्याएको छ। यसअन्तर्गत अब ग्राहकले ६० महिनासम्म किस्ता तिर्न पाउनेछन् भने ब्याजदर ८.९९ प्रतिशतमा झरेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
बजाज मोटरसाइकलको ईएमआई घट्यो, अब ५ वर्षसम्म किस्ता तिर्न सकिने

काठमाडौँ — नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई सस्तो र सहज किस्तामा सवारी खरिद गर्ने सुविधा उपलब्ध गराएको छ। कम्पनीले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको साझेदारीमा नयाँ फाइनान्सिङ योजना सार्वजनिक गरेको हो।

नयाँ योजनाअनुसार अब ग्राहकले बजाज मोटरसाइकल खरिद गर्दा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा पाउनेछन्। यसअघि ३ वर्षको मात्रै किस्ता सुविधा थियो। लामो अवधिका कारण मासिक किस्ता (ईएमआई) उल्लेख्य रूपमा घट्ने भएकाले उपभोक्ताको आर्थिक बोझ कम हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ योजनामा ऋणको ब्याजदर पनि घटाइएको छ। पहिले ९.९९ प्रतिशत रहेको ब्याजदर अब ८.९९ प्रतिशत कायम गरिएको छ। यसले पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे, परिवार तथा नियमित मासिक बजेटलाई प्राथमिकता दिने ग्राहकलाई विशेष लाभ पुग्ने विश्वास कम्पनीको छ।

एचएच बजाजले जारी गरेको विज्ञप्तिमा यो योजना ग्राहकका लागि बजाजको स्वामित्वलाई अझ सहज र किफायती बनाउन ल्याइएको उल्लेख गरिएको छ।