मुख्य सामग्रीमा जानुहोस्

बजेट अड्किएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाह अल्पमतमा

सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित नहुँदा सरकार बजेट शून्यतामा छ। सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

धनगढी — सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत बजेट पारित हुन नसकेपछि प्रदेश सरकार बजेट शून्यताको अवस्थामा पुगेको छ। यसैबीच, सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन्।

कांग्रेस नेतृत्वको संयुक्त सरकारमा एमाले सहभागी थियो। दुवै दलका मन्त्रीहरूको सहमतिमा गत १ असारमा प्रदेशसभामा आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत गरिएको थियो। तर एमालेले बजेट अस्वीकार गर्दै सबै ६ वटा मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ मात्र राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गर्यो। यसपछि दुई दलबीचको सहकार्य भत्किएको हो।

अब मुख्यमन्त्री शाह संविधानले दिएको ३० दिनको सुविधा प्रयोग गरेर प्रदेशसभामा विश्वासको मत परीक्षण गर्न सक्नेछन् वा राजीनामा दिन सक्नेछन्। सुदूरपश्चिम प्रदेश कहिलेसम्म बजेट शून्यताबाट बाहिरिन्छ भन्ने चासो पनि उत्तिकै छ।