मुख्य सामग्रीमा जानुहोस्

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीले विनियमावली पारित गर्न माग गर्दै कालोपट्टी बाँधे

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी विनियमावली पारितको मागमा आन्दोलित भएका छन्। लामो समयदेखि मन्त्रालयबाट विनियमावली पारित नहुँदा उनीहरूले कालोपट्टी बाँधेर काम गर्नुपरेको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी विनियमावली पारित हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरूले श्रावण ४ गते कालोपट्टी बाँधेर काम गरेका छन् भने केही बेर नाराबाजी पनि गरेका छन्।

लामो समयदेखि कर्मचारी विनियमावली मन्त्रालयबाट पारित हुन नसकेकाले यस्तो आन्दोलन गर्नुपरेको अस्पताल प्रशासन प्रमुख राजाराम तजलेले बताए। उनका अनुसार विनियमावली नहुँदा ३ सय ७२ जना करार र ज्यालदारी कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन्।

आन्दोलनको क्रममा कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। अस्पतालको सेवामा भने आन्दोलनले खासै असर नपरेको बताइएको छ।