राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।
भेटमा सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था र सुनसरी घटनाका विषयमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।
सुनसरी घटनाको शान्तिपूर्ण समाधानका लागि सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकको निर्णयबारे पनि उनले राष्ट्रपतिलाई अवगत गराए। उक्त बैठकले घटनाको शान्तिपूर्ण समाधानका लागि संयुक्त अपिल गर्ने निर्णय गरेको थियो।
