मुख्य सामग्रीमा जानुहोस्

कप्तानगञ्ज घटनाको छानबिन गर्न पुग्यो समिति

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीचको विवाद नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु र नौ जना घाइते भएका थिए । घटनाको विरोधमा भएको प्रदर्शन उग्र भएपछि गृह मन्त्रालयले…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको झडपको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय समिति आज बिहान घटनास्थल पुगेको छ ।

आइतबार राति दुई समूहबीच विवाद भएको थियो । विवाद नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो । गोली लागेर एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

घटनाको विरोधमा प्रदर्शन उग्र भएपछि गृह मन्त्रालयले सोमबार गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सोमबार नै विराटनगर आएको समितिले घाइतेलाई भेटेर बयान लिएको थियो । आज बिहान समिति घटनास्थल पुगेको हो । घटनास्थलको निरीक्षणपछि समितिले स्थानीयवासीसँग सोधपुछ गरेको छ ।