कान्स सहर समुद्र तटको वरिपरि बसेको छ । यहाँको प्रमुख आकर्षण बीच नै हो, जहाँ पर्यटक, चलचित्र स्टार र स्थानीयहरू एकसाथ आउँछन् । ला क्रोइसेट सडकमा रहेका केही बीच क्लबहरूले विश्वभर ख्याति कमाएका छन्, तर सबै बीच क्लब एकैस्तरका छैनन् । केही क्लबहरू विलासी होटलहरूको विस्तार हुन्, जसले दशकौंदेखि आफ्नो विरासत कायम राखेका छन् ।
हालै माइक ह्वाइटले आगामी सिजनको द ह्वाइट लोटस को पृष्ठभूमिका लागि होटल मार्टिनेजलाई रोजेका छन् । यो होटललाई यस गर्मीमा 'प्यालेस' को दर्जा प्रदान गरिएको छ, जुन फ्रान्सको सर्वोच्च आतिथ्य सम्मान हो । यसैले ला प्लाज डु मार्टिनेज यस वर्षको उत्कृष्ट बीच क्लबको सूचीमा सबैभन्दा माथि छ ।
बीच क्लबमा एक दिन कसरी बित्छ भन्ने बारेमा जानकारी दिँदै, प्रायः क्लबहरू खानाको लागि छुट्टै क्षेत्र र सनबेडको लागि छुट्टै क्षेत्रमा विभाजित हुन्छन् । मानिसहरू बिहान १० बजे आएर सनबेड लिने र पौडी खेल्ने, त्यसपछि खाना खाने र फेरि बीचमा फर्कने गर्छन् । क्लबहरू सामान्यतः साँझ ५ वा ६ बजेसम्म खुला रहन्छन् ।
